मकवानपुरको राक्सिराङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी

हेटौंडा खबर
३ फाल्गुन २०७८, मंगलवार १६:४७

मकवानपुरको राक्सिराङ गाउँपालिकामा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ।

मकवानपुरकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको हो।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीहरूसँग मंगलबार अस्पतालमै पुगेर यसबारे छलफल गरेको राज्यमन्त्री प्रजाले बताए।

अस्पतालले प्रदान गरिरहेका सेवा सुविधाहरूको बारेमा जानकारी लिँदै राज्यमन्त्री प्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको विकट गाउँमा स्वास्थ्य सेवाको आवश्यकताबारे अस्पताल पदाधिकारीहरूसँग छलफल गरेका थिए।

निकट भविष्यमै चार शैयाको शाखा अस्पताल सञ्चालन गर्नेबारे धुलिखेल अस्पतालका पदाधिकारी सहमत भएको राज्यमन्त्री प्रजाले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*