हेटौडा क्याम्पसलाई ‘प्याड भेण्डिङ मेसिन’ र ‘स्यानीटाईजर डिसपेन्सर’ हस्तान्तरण

हेटौंडा खबर
६ फाल्गुन २०७८, शुक्रबार १५:४६

हेटौडा क्याम्पसलाई ‘प्याड भेण्डिङ मेसिन’ र ‘स्यानीटाईजर डिसपेन्सर मेसिन’ हस्तान्तरण गरिएको छ ।

क्याम्पसको ३१ औं बार्षिक उत्सवको अवसरमा शुक्रबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू हेटौडा क्याम्पस कमिटीले महिलाले प्रयोग गर्ने सेनिटरी प्याड भेण्डिङ मेसिन र स्यानीटाईजर डिसपेन्सर मेसिन हस्तान्तरण गरेको हो ।

काम्पसका अध्क्षय देव चन्द्र मानन्धरलाई अनेरास्ववियू मकवानपुरका अध्यक्ष अरुण बर्तौलाले मेशिन हस्तान्तरण गरेका हुन् । क्याम्पसलाई २५ लिटर स्यानीटाईजरसमेत सहयोग गरिएको छ ।

मेशिन हस्तान्तरण कार्यक्रममा स्ववियूका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*