सन्तोष चौलागाईं भन्छन् – सरकारविरुद्ध सर्वोच्च जान्छु

हेटौंडा खबर
६ फाल्गुन २०७८, शुक्रबार १७:०१

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सरकार विरुद्ध आफु सर्वोच्च अदालत जाने बताएका छन् ।

२७ जेठ २०७८ को मन्त्रिपरिषद् निर्णयबाट पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका उनलाई मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको गठवन्धनको सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट पदमुक्त गरिएपछी उनले यस्तो बताएका हुन्  ।

आफुलाई पदमुक्त गरिएको भन्ने सुचना संचारमाध्यम मार्फत आएपनि आधिकारिक रुपमा लिखित पत्र नआएको उनले बताएका छन् । चौलागाईंले आफुलाई सरकारले पदमुक्त गरेको पत्र दिएपछी कानुनी उपचार खोज्ने बताए ।

उनले हेटौंडाखबर संग भने,’ मेरो हातमा पत्र आइपुगेको छैन, मैले मिडियामा सुनेको मात्र हो, यदि मलाई पदमुक्त गरिएको पत्र आयो भने सरकार विरुद्ध म सर्वोच्च अदालत जान्छु’ ।

उनले राजनीतिक प्रतिशोधका कारण आफुलाई सरकारले पदमुक्त गर्ने निर्णय गरेकोले ल्यायका लागि आफु अदालत जाने बताए ।

बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको,सोधीएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको,पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको लगायतका कारण उनलाई बर्खास्त गरिएको बागमती सरकारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*