उल्टो पैदल यात्रामा हिडेका ऋषि परियार २५ दिनमा हेटौंडा आइपुगे

हेटौंडा खबर
१० फाल्गुन २०७८, मंगलवार १९:५६

उल्टो पैदल यात्रामा हिडेका दाङ तुलसीपुर–३ रानागाउँका ऋषि परियार २५ दिनमा आज हेटौंडा आइपुगेका छन् ।

मंगलबार दिउँसो उनी हेटौंडा आइपुगेका हुन् । ३० वर्षीय परियार मेचीदेखि महाकालीसम्मको यात्रामा उल्टो पैदल यात्रा हिडेर दैनिक ३० देखि ४० किलोमिटर यात्रा गरिरहेको बताएका छन् ।

करिब दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाएका परियारले जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका छन् ।  उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने परियारको लक्ष्य छ ।

उनले काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्रा गर्दै सो यात्राको सुरुवात् गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*