विश्वकप खेल्ने नेपालको सपना अधुरै

हेटौंडा खबर
१० फाल्गुन २०७८, मंगलवार २०:०७

सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको टी–२० विश्वकप खेल्ले सपना अधुरो बनेको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भयो ।

जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय सात रनमा समेटिएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । ऐरीले ३८ नै बलमा तीन चौका हाने । ज्ञानेन्द्र मल्लले २० रन बनाए । मल्लले १६ बलमा एक चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए ।

आरिफ शेखले ११ रन बनाए । ओपनर कुशल भुर्तेल सात रनमा आउट भए । आशिफ शेक र लोकेश बम शून्य रनमा पेभेलियन फर्किए । विवेक यादव आठ रन जोड्दै बाहिरिए ।

जितेन्द्र मुखियाले पाँच तथा सन्दीप लामिछानेले र कमल ऐरी समान चार रन जोड्दै पेभेलियन फर्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*