पल शाहविरुद्ध किटानी जाहेरी, पक्राउ गर्न प्रहरीको सर्कुलर

हेटौंडा खबर
११ फाल्गुन २०७८, बुधबार २०:२६

अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा करणी सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ ।

शाहले म्युजिक भिडियो सुटिङका क्रममा एक नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

पीडित नाबालिगको तर्फबाट उनको पिताले जाहेरी दर्ता गरेका हुन् ।

तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

गायिकाले करिब ३ महिनायता गीत संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ।

बलात्कार गरेको जाहेरी परेपछि अभिनेता पल शाहलाई पक्राउ गर्न सबै सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दर्ता भएको जाहेरी र पलको हुलिया खुलाउँदै पक्राउ गरी तनहुँ पठाउन सर्कुलर गरिएको हो। सर्कुलरमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं. २ रामपुर स्थायी वतन बताई हाल काठमाडौँ म.न.पा. नयाँबानेश्वर खरीबोट ओमशान्तीचोक बस्ने वर्ष अं. ३२ को पूर्ण विक्रम साह ( पल शाह) उल्लेख छ।

सर्कुलरमा ‘गहुँगोरो वर्ण भएको, कपाल लामो पालेको, उचाइ अं. ५.७” भएको मध्यम शरीर’ उल्लेख गर्दै निजलाई जहाँ भेट्यो त्यही पक्राउ गरी तनहुँ पठाउन आग्रह गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*