कांग्रेस मकवानपुर सभापतिका दाबेदार पराजुलीले सार्वजनिक गरे १४ बुँदे प्रतिवद्धता

हेटौंडा खबर
१२ फाल्गुन २०७८, बिहीबार २१:४८

नेपाली काँग्रेस मकवापुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले १४ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

पराजुलीले एकताबद्ध सुदृढ र सबल पार्टी निर्माण, समावेशी स्वरुप र समावेशी प्रतिनिधित्वमूलक पार्टी निर्माण, तीनै तहको सरकार निर्माण, निर्वाचनमा निरन्तर क्रियाशील, योग्य र लोकप्रिय उम्मेदवारी, युवामैत्री काँंग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता सार्वजनिक गरेको बताए ।

प्रतिबद्धता पत्रमा अग्रजहरुको पहिचानसहित उच्च सम्मान, भातृ तथा शुभेच्छुक संस्थाको योगदान अभिलेख, हाम्रो पहिचान राजनीतिसँग स्वरोजगार अभियान, काँग्रेसलाई मकवानपुरमा पहिलो पार्टी बनाउने अभियान, सक्रिय कार्यकर्ताको उल्लेखनीय बृद्धि, कार्यकर्ताको मनोबल उच्च राख्न कार्यकर्ता प्रशिक्षक कार्यक्रम गर्ने उल्लेख छ ।

पराजुलीले आफु सभापति हुँदा आर्थिक समृद्धिको लागि सुदृढ सुशासन, एकता समन्वय र सहकार्यका लागि लचकता सहितको अभियान र संगठन सुदृढिकरणका लागि विकास अभियान संचालन गरिने बताउछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*