कांग्रेस मकवानपुर : निर्वाचन तालिका सार्वजनिक, मतदान १६ गते बिहान ८ बजेदेखि

हेटौंडा खबर
१३ फाल्गुन २०७८, शुक्रबार २०:३०

नेपाली कांग्रेस मकवानपुरले १४ अधिवेशन अन्तर्गतको आसन्न जिल्ला अधिवेसनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

कांग्रेस मकवानपुर जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले १४ औं जिल्ला निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

फागुन १५ गते हेटौंडा १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए  ।

सुवेदीका अनुसार फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय , अन्तिम नामावली प्रकाशन बेलुका ६:३० बजे र मतदान फागुन १६ गते विहान ८ बजेबाट सुरुहुनेछ  ।

यसमा तपाइको मत

Your email address will not be published.


*