हेटौंडामा गोकुल बास्कोटा : भन्छन्- रङ्ग बदल्ने प्रतिस्पर्धा भए ‘प्रचण्ड’संग ‘छेपारो’ हार्छ !

हेटौंडा खबर
१३ फाल्गुन २०७८, शुक्रबार २१:२२

नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा हेटौंडा आईपुगेका छन् ।

शुक्रबार साझ हेटौंडामा संचारकर्मीहरु संग कुरा गर्दै उनले अहिलेको गठवन्धनको सरकारले दोहोरो चरित्र देखाएको बताएका छन् । एमसीसीबारे बोल्दै उनले अन्तिम सम्झौतामा पनि हस्ताक्षर आफैले गरि सडकमा पनि आफ्नै कार्यकर्ता उतारेको बताए ।

उनले एमसिसिलाई च्याखे बनाएर सरकारका नजाने बताए । उनले एमसीसी परियोजनाको विषयमा एमालेको स्पष्ट धारणा रहेको बताउँदै पास गराउने वा फेल गराउने सत्तारुढ गठबन्धनको हातमा रहेको बताए ।

उनले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हजार जिब्रा भएका शेष नागले समेत क्षमता विश्लेषण गर्न नसक्ने भन्दै कटाक्ष गरे । उनले भने, ‘प्रचण्ड र छेपारो बिच रंग बदल्ने प्रतिस्पर्धा भयो भने छेपारो हार्छ प्रचण्डले जित्छन’।

उनले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घाँटीमा गलगाँडहरु झुण्डिएको भन्दै त्यसलाई फाल्ने या आजीवन बोकेर दुख पाउने त्यो देउवाकै विवेकमा रहेको भन्दै सरकारको आलोचना गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*