कांग्रेस मकवानपुर : जयराम लामिछानेको प्यानलसहित उम्मेदवारी घोषणा

हेटौंडा खबर
१३ फाल्गुन २०७८, शुक्रबार २१:५१

नेपाली कांग्रेस मकवानपुरको १४ औं अधिवेशनमा सभापतिमा जयराम लामिछानेले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै लामिछानेले पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत र  इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले उम्मेदवारी दिने उनले जानकारी दिए ।

कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गतेदेखि हेटौंडा १ चौकीटोलमा सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिएका छन् ।

सुवेदीका अनुसार फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय , अन्तिम नामावली प्रकाशन बेलुका ६:३० बजे र मतदान फागुन १६ गते विहान ८ बजेबाट सुरुहुनेछ  ।

यसमा तपाइको मत

Your email address will not be published.


*