पल शाह प्रहरी नियन्त्रणमा

हेटौंडा खबर
१५ फाल्गुन २०७८, आईतवार १३:२४

जवरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

एक गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि प्रहरीको फरार सूचीमा रहेका पलले आज आफैँ प्रहरी सामु उपस्थित हुने बताएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पलले स्वास्थ्य स्थिति बिग्रेका कारण समयमै प्रहरी समक्ष उपस्थित हुन नसकेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*