कांग्रेस मकवानपुर : अझै सुरु भएन मतदान

हेटौंडा खबर
१६ फाल्गुन २०७८, सोमबार ११:३६

नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत आज हुने भनिएको मतदान अझै सुरु भएको छैन ।

बिहान ८ बजेदेखि मतदान सुरुहुने तालिका थियो । तर कारणवस  मतदान १० बजेदेखि सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका थिए । १० बजेदेखि सुरुहुने निर्वाचन पनि अझै सुरु हुन सकेको छैन ।

आइतबारदेखि सुरु भएको कांग्रेस मकवानपुरको अवधिवेशन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ डल्फिन चौरमा हुँदैछ ।

आज सोमबार हुने चुनावमा एक सभापति पदका लागि ३ जना, २ जना उपसभापति पदका लागि ७ जना, २ जना सचिव पदका लागि ६ जना र २ जना सहसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

सभापति पदमा हालका सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका निर्वतमान सभापति आनन्दराम पराजुली र जयराम लामिछानेले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनेमा लामा र पराजुली संस्थापन पक्ष निकट हुन् भने लामिछाने संस्थापन इतर पक्षका हुन् ।

आज हुने मतदानमा मकवानपुरका १०२ वटा वडासभापति, क्षेत्रिय सभापति एवम् प्रतिनिधि र बुथ प्रतिनिधि गरी करिब १ हजार ९ सय जना मतदाता सहभागी हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*