हेटौंडामा बन्दको प्रभाव सामान्य, नाराबाजी गर्दै बन्दकर्ता सडकमा

हेटौंडा खबर
१६ फाल्गुन २०७८, सोमबार ११:४५

एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव  हेटौंडामा सामान्य परेको छ ।

यातायातका साधनहरु केहि चलेका छन् भने बजारका पसलहरु फाट्टफुट्ट खुलेका छन् । लामो दुरीको यातायातका साधान भने प्रभावित भएका छन् ।

शैक्षिक सस्था ठप्प छन् । पठनपाठन प्रभावित भएको छ । बन्दकर्ताहरु सडकमा उत्रिएका छन् । उनीहरुले एमसीसीको विरुद्धमा नाराबाजी गर्दै हिडिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*