राजनीतिक स्वार्थका कारण एमसीसी पारित गरियो: विवेकशील साझा

हेटौंडा खबर
१६ फाल्गुन २०७८, सोमबार १३:४६

विवेकशील साझा पार्टीले राजनीतिक स्वार्थका कारण एमसीसी पारित गरिएको बताएको छ ।

पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा संसदमा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय भएको उल्लेख गरिएको छ ।

‘सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैरजिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदशृत उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु हाम्रोजस्तो मुलुकका लागि शुभ संकेत होइन,’ विज्ञप्तिमा भनिएको  छ ।

एमसीसीमाथि थप राजनीति गर्नु नहुनेमा पनि पार्टीले जोड दिएको छ । एमसीसी कम्प्याक्ट सम्झौतालाई अन्त्यत्न गिजालेर चरम सत्ता दाउपेचको विषय बनाइएको विवेकशील साझाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*