२४ घण्टामा १८० कोरोना संक्रमित थपिए

हेटौंडा खबर
१६ फाल्गुन २०७८, सोमबार १७:२८

पछिल्लो २४ घण्टामा नेपालभर  १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुल ८ हजार ३४१ जनामा नमुना परीक्षण भएकामा १८० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन् ।

यसैसमयमा  पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको पुस्टि गरियको छ  । सँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९३६ पुगेको तथ्यांकले जनायको छ  ।

हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ९८४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३८७ जना पुगेको जनायको  छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् ।
हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*