स्थानीय निर्वाचन लागि ९२ मुख्य निर्वाचन अधिकृत सिफारिस

हेटौंडा खबर
१६ फाल्गुन २०७८, सोमबार १७:५१

न्याय परिषद् सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला न्यायाधीशहरूको नाम सिफारिस गरेको जनायको  छ ।

न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार ७७ जिल्लाका लागि ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएका जनायका छन्  । १५ जना न्यायाधीशलाई जगेडा मुख्य निर्वाचन अधिकृतको रुपमा समेत सिफारिस गरिएका छन्  ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीको अध्यक्षतामा आज न्याय परिषद्सहित न्याय सेवा आयोगको समेत बैठक बसेका  थिय । न्याय सेवा आयोगको बैठकबाट न्याय सेवा समूह, कानून समूह र सरकारी वकिल समूहसहित तीनवटै समूहबाट ३६७ जना उपसचिवहरूलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको प्रवक्ता कार्कीले बतायका छन् ।

न्याय समूहका १७९, कानून समूहका ४९ र सरकारी वकिल समूहका १४७ जना उपसचिवहरूलाई निर्वाचन अधिकृतको रुपमा आयोगले सिफारिस गरेका हुन्  ।

यसमा तपाइको मत

Your email address will not be published.


*