कांग्रेस मकवानपुर : ६ सय मतगणना, आनन्दराम पराजुलीको अग्रता कायमै

हेटौंडा खबर
१७ फाल्गुन २०७८, मंगलवार ००:३७

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।

जम्मा खसेको एक हजार ७७५ मत मत मध्ये अहिले ६ सय मत गणना भएको छ ।

६ सय मत गन्दा आनन्दराम पराजुलीले २१२ मत प्राप्त गरेका छन् । त्यस्तै बुद्ध लामाले  १८१ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले  १८० मत प्राप्त गरेका छन् ।

कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका छन् । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*