कांग्रेस मकवानपुर : ८ सय मतगणना, बुद्ध लामा र जयराम लामिछाने संगसंगै

हेटौंडा खबर
१७ फाल्गुन २०७८, मंगलवार ००:५६

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।

जम्मा खसेको एक हजार ७७५ मत मध्ये अहिले ८ सय मत गणना भएको छ ।

८ सय मत गन्दा आनन्दराम पराजुलीले २७८ मत प्राप्त गरेका छन् । त्यस्तै बुद्ध लामाले  २४१ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले  २४० मत प्राप्त गरेका छन् ।

कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका छन् । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*