कांग्रेस मकवानपुर : ९ सय मत गन्दा पराजुलीको अग्रता कायमै
नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।
जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये अहिले ९ सय मत गणना भएको छ ।
९ सय मत गन्दा आनन्दराम पराजुलीले ३०१ मत प्राप्त गरेका छन् । त्यस्तै बुद्ध लामाले २८३ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले २७१ मत प्राप्त गरेका छन् ।
कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका छन् । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।