कांग्रेस मकवानपुर : १ हजार मतगणना, पराजुली अगाडी
नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।
जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये अहिले १ हजार मत गणना भएको छ ।
१ हजार मत गन्दा आनन्दराम पराजुलीले ३३१ मत प्राप्त गरेका छन् । त्यस्तै बुद्ध लामाले ३१७ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले २९७ मत प्राप्त गरेका छन् ।
कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका छन् । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।