कांग्रेस मकवानपुर : ११ सय मतगणना, पराजुली र लामाविच कडा प्रतिस्पर्धा

हेटौंडा खबर
१७ फाल्गुन २०७८, मंगलवार ०१:३६

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।

जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये अहिले १ १ सय मत गणना भएको छ ।

११ सय मत गन्दा आनन्दराम पराजुली र बुद्ध लामाविच कडा प्रतिस्पर्धा देखिएको छ । पराजुलीले ३५९ मत प्राप्त गर्दा बुद्ध लामाले ३५५ मत प्राप्त गरेका छन् ।

जयराम लामिछानेले ३२५ मत प्राप्त गरेका छन् ।

कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका छन् । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*