कांग्रेस मकवानपुर : १५ सय मत गन्दा लामा कै अग्रता

हेटौंडा खबर
१७ फाल्गुन २०७८, मंगलवार ०२:१०

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।

जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये अहिले १५ सय मत गणना भएको छ ।

१५ सय मत गन्दा बुद्ध लामा र आनन्दराम पराजुलीको कडा टक्कर देखिएको छ । लामाले  ४८८ मत प्राप्त गर्दा पराजुलीको ४७२ मत प्राप्त भएको छ  ।

जयराम लामिछानेले ४५३ मत प्राप्त गरेका छन् ।

कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका छन् । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*