कांग्रेस मकवानपुर : १६ सय मत गन्दा बुद्ध लामा अगाडी
नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।
जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये अहिले १६ सय मत गणना भएको छ ।
१६ सय मत गन्दा बुद्ध लामाको अग्रता कायमै छ । लामाले ५२६ मत प्राप्त गरेका छन् भने आनन्दराम पराजुलीको ५०१ मत प्राप्त भएको छ ।
जयराम लामिछानेले ४८० मत प्राप्त गरेका छन् ।
कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका छन् । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।