कांग्रेस मकवानपुर: सभापतिका लागि सबै भन्दा बढी मत बुद्ध लामालाई

हेटौंडा खबर
१७ फाल्गुन २०७८, मंगलवार ०२:५०

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि सोमबार भएको निर्वाचनमा सबै भन्दा बढी मत बुद्ध लामालाई प्राप्त भएको छ ।

जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये बुद्ध लामाले ५९२ मत प्राप्त गरेका छन् । त्यस्तै आनन्दराम पराजुलीको ५४५ मत प्राप्त भएको छ  । जयराम लामिछानेले ५३१ मत प्राप्त गरेका छन् ।

सोमबार भएको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मतभार नपुगेकाले मतदान प्रक्रिया दोस्रो चरणमा पुगेको छ । निर्वाचन प्रक्रियामा विजयी हुन ५१ प्रतिशत मतभार पुग्नुपर्ने हुन्छ । यसरि हेर्दा बिजयी हुन ९०२ मत चाहिन्छ ।

५१ प्रतिशत मतभार कसैको नपुगेकाले अब निर्वाचन दोस्रो चरणमा गएको छ । अबको मतदान बुद्द लामा र आनन्दराम पराजुलीविच हुनेछ ।

बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*