ठुला योजनामा बजेट विनियोजन गर्ने तयारी

हेटौंडा खबर
१७ फाल्गुन २०७८, मंगलवार १२:२५

शहरी विकास मन्त्रालयले अगामी आर्थिक वर्षमा समावेश गर्नुपर्ने ठूला योजना पहिचान गरेर बजेट विनियोजन गर्नको लागि आन्तरिक गृहकार्य अघि बढाएको छ ।

यस आर्थिक वर्षबाट उपभोक्ता समितिबाट हुने काम रोकेको मन्त्रालयले नीतिगत सुधारसँगै आयोजनाको प्राथमिकीकरणलाई पनि ध्यान दिएको छ ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसहित मन्त्रालयका सचिव एवं मन्त्रालय अन्तर्गत रहेका आयोजना प्रमुखहरूसँग मन्त्रालयको  आगामी योजनाको बारेमा छलफल अघि बडाएकि  हुन्   ।

मन्त्री रामकुमारी झाँक्रीले पहाडी क्षेत्रमा बढ्दो बसाइँसराई रोक्नको लागि रणनीतिक योजनामार्फत शहर निर्माण गर्नुपर्ने बताएकि छन्  । भुकम्प  पछि हालसम्म ३ सय ३२ वटा वस्ती निर्माण भए पनि ६० प्रतिशत असफल भएको बाताउदै  नागरिकको जीवन निर्वाहलाई सम्बोधन गर्ने गरी काम अगाडि बढाउनुपर्ने खाँचो देखाईन् ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पूर्वाधार निर्माणसँगै संरक्षण र सञ्चालनमा पनि ध्यान दिन आवश्यक रहेकोमा जोड दिदै सामुदायिक भवन र सभा हल सञ्चालनको विषयमा दीर्घकालीन योजना आवश्यक भएको बताए । ‘सीमित स्रोत र साधनमा धेरै काम गर्न सम्भव छैन, तर नमुनाको रूपमा जनताले महशुस गर्ने गरी काम गर्न आवश्यक छ’, उपाध्यक्ष डा. विश्वनाथ पौडेलले बताउनु भयो –‘भोलिको शहर बन्छ भन्ने विषयमा योजनाबद्ध रूपमा अगाडि बढनुपर्छ ।’

कार्यक्रममा मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रालयले आगामी वर्षमा साना योजना हटाएर ठूला आयोजनामा ध्यान दिइने बताए । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले बस्ती विकास आवाससँगै वस्तुकलालाई पनि जोडेर अगाडि बढ्न लागिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*