कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामालाई चयन गर्ने सहमति

हेटौंडा खबर
१७ फाल्गुन २०७८, मंगलवार १२:३२

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामालाई चयन गरिने भएको छ ।

पहिलो चरणको मतदान अनिर्णित बनेपछि नेताहरुबीच सभापतिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने सहमति भएको श्रोतले जनाएको छ ।

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार बुद्ध लामा, आनन्दराम पराजुलीसहितको बैठकले बुद्ध लामालाई सभापति चयन गर्ने सहमति भएको बताइएको छ ।

केहीबेरमै पार्टी कार्यालयमा बुद्ध लामा जिल्ला सभापति चयन भएको घोषणा गर्ने तयारी समेत भइरहेको छ ।

कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका थिए । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।

हिजो भएको निर्वाचनमा जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये बुद्ध लामाले ५९२ मत प्राप्त गरेका थिए भने आनन्दराम पराजुलीको ५४५ मत प्राप्त भएको थियो । जयराम लामिछानेले ५३१ मत प्राप्त गर्दै तेस्रो बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*