सत्तामा टिक्नको लागि माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्‍यो: एमाले

हेटौंडा खबर
१७ फाल्गुन २०७८, मंगलवार १५:०२

नेकपा एमालेले सत्तामा टिकीरहन माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेको आरोप लगाएको छ। एमसीसी अनुमोदन पछि एमालेले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

गठबन्धनका केहि दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भडकाउने र जनतामा अन्योलता सृजना गर्दै आएको र  दुइपक्षिय् भूराजनीतिक विषय बनाएका छन् , २४ घण्टा अघि सत्ता छाड्ने तर एमसीसी पास हुन नदिने अभिव्यक्त पनि दिँदै आए थिए, २४ घण्टापछि स्पष्टिकरण दिन थाले,एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, पद जोगिनु क्रान्ति, पद जानु प्रतिक्रान्ति र  गठबन्धन ढले पद जाने र आफ्ना हितैषिहरुको पनि पद जाने भएकाले समर्थन गर्नु  बाहेक अरु विकल्प नरहेको बताए  ।’

यसमा तपाइको मत

Your email address will not be published.


*