अर्थमन्त्री भन्छन् ५० लाख जनता संलग्न सेयर बजारलाई प्राथमिकतामा राख्याछु

हेटौंडा खबर
१८ फाल्गुन २०७८, बुधबार १३:४८

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले इन्ट्रा डे र शर्ट सेलिङ्ग कारोबारको तत्काल व्यवस्था गर्न धितोपत्र बोर्ड र नेप्सेलाइ निर्देशन दिएका छन।

अर्थमन्त्रालयमा आज आयोजना गरिएको पुँजीबजार सम्बन्धी विषयमा छलफल कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन्। ब्रोकर मार्फत मार्जिन लेन्डिंग, डेरिभेटिभ मार्केट, अक्सन मार्केट, ब्रोकरहरुको संख्या र क्षमता थप्ने कुरा , टिएमएसमा देखिएका समस्या हरुलाई समाधान गर्नेजस्ता विषयहरुलाई प्राथमिकतामा राख्दै काम अघि बढाउन पनि उनले निर्देशन दिएका छन्।

सेयर बजारमा देखिएका समस्याहरु र ती समस्याहरुको समाधान गर्दै सेयर बजारको विकास र स्थायित्वको लागि धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालको सक्रियतामा आयोजना गरिएको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेको बिचमा राम्रो सहकार्य हुन नसकेको पनि औल्याए।

यसअघि सेयर बजारको बारेमा धेरै बोल्दिन भन्ने शर्मा आज पूर्ण तयारीका साथ प्रस्तुत भएका देखिन्छन। लगानीकर्ताहरुले प्रमुख रुपमा उठाउदै आएका मुद्दाहरुलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका शर्माको आजको प्रस्तुति हेर्दा सेयर बजारको बारेमा उनी निकै सकारात्मक भएका र सेयर बजारको विकासको लागि केहि खास गर्न चाहेको देखिएको छ।

अर्थमन्त्री शर्माले हाल  सक्रिय रुपमा १० लाख भन्दा धेरैले दोश्रो बजारमा कारोबार गरिरहेको र ५० लाख भन्दा बढी डिम्याट खाता खुलिसकेको भन्दै धेरै जनताको सहभागिता रहेको बजारको विकास र स्थायित्वको लागि अर्थमन्त्रालय गम्भीर रहेको स्पष्ट पारेका छन।

 

यसमा तपाइको मत

Your email address will not be published.


*