संसद बैठक आइतबारसम्म स्थगित

हेटौंडा खबर
१८ फाल्गुन २०७८, बुधबार १४:०७

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ ।एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*