एमसीसी अनुमोदन पछि पहिलो पटक सत्ता गठबन्धनको बैठक

हेटौंडा खबर
१९ फाल्गुन २०७८, बिहीबार ११:१०

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान साढे ९ बजेपछि बैठक शुरू भएको हो ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि पहिलो पटक बैठक बसेको हो । पदीय आचरण अनुसार काम नगरेको भन्दै सत्ता गठबन्धनले  जबरा विरुद्ध प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गराएको थियो ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गराइएको महाभियोग प्रस्तावलाई अगाडि बढाउने विषयमा छलफल हुने कांग्रेस स्रोतले जानकारी दियो ।बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् । एमसीसी अनुमोदन गरिएको भन्दै राष्ट्रिय जनमोर्चा भने गठबन्धनबाट बाहिरिएको छ ।

एमसीसी पारित भएपछि गठबन्धनको बैठक पहिलो पटक बसेको हो । एमसीसीका कारण गठबन्धन झण्डै टुट्ने अवस्थामा पुगेको थियो ।

बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा राजदूत लगायत नियुक्तिको विषयमा छलफल हुने स्रोतले बतायो ।

यसमा तपाइको मत

Your email address will not be published.


*