अब कडाई भारतबाट हुने आयातमा

हेटौंडा खबर
१९ फाल्गुन २०७८, बिहीबार १५:३६

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ल्याइएको उक्त व्यवस्था एकीकृत निर्देशन संशोधन गरेर बुधबारदेखि कार्यान्वयनमा ल्याइएको हो ।भारतबाट हुने आयातमा दिइँदै आएको क्रेडिट सुविधासम्बन्धी व्यवस्थामा राष्ट्र बैंकले कडाईगरेको छ ।

भन्सारबाट सामान छुटाउनका लागि बैंकले जारी गरिदिने एक प्रकारको फारम हो । यसअघि क्रेडिटमा सामान आयात गर्दा विविनी फाराम जारी गर्नुपर्ने व्यवस्था थिएन ।‘अब भारतबाट क्रेडिटमा आयात हुने मालसामानको हकमा समेत विदेशी विनिमय नियमित गर्ने फारम (विविनिफा ४ ग) जारी गर्नुपर्नेछ,’ राष्ट्र बैंकले भनेको छ ।

यसअघि भारतबाट क्रेडिट सुविधा अन्तर्गत सामान आयात गर्दा आफूहरुको अनुकुलमा क्रेता बिक्रेताबीच सम्झौता हुन्थ्यो । त्यसपछि सामान डेलिभरी हुन्थ्यो । भन्सारबाट सामान छुटिसकेपछि मात्र क्रेता व्यापारी बैंकमा रकम भुक्तानीका लागि जानुपर्थ्यो । त्यसो गर्दा बैंकमार्फत व्यापारीले भनेअनुसारको रकम भुक्तानी गर्ने काम मात्र हुन्थ्यो । अब भने व्यापारीले भारतबाट सामान आयातको प्रक्रिया सुरु भएपछि नै बैंकमा गएर विविनी फाराम जारी गर्न लगाउनु पर्नेछ ।

पछि भन्सारबाट सामान छुटाउँदा र रकम भुक्तानी गर्दा पनि त्यही फारमका आधारमा हिसाव हुन्छ । यसो गर्दा अब बैंकलाई कुन व्यापारीले के के सामान कति मूल्यमा आयात गर्न थालेको भन्ने मात्र होइन, त्यो व्यापारीले कति क्रेडिट सुविधा उपयोग गरेको भन्ने बारेमा पनि जानकारी हुन्छ । यो व्यवस्थाले धेरै सामान ल्याएर थोरैको बिल बनाउने, एउटाको सट्टामा अर्को सामान ल्याउने, बिलमा थोरै देखाउने तर धेरै सामान ल्याउने लगायत हाल हुँदै आएका गतिविधिमा नियन्त्रण आउने दाबी राष्ट्र बैंकको छ ।

यस व्यवस्थाअन्तर्गत केही महिनाअघिसम्म ५ करोड रुपैयाँसम्मको आयात गर्न पाउने सुविधा थियो । यसअघि त्यो सीमा घटाएर ३ करोड रुपैयाँ बनाइएको हो । अहिले त्यो सीमा नघटाइकन विविनी जारी गर्न पाउने व्यवस्था गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*