नेपालमा ९५ लाख डोज खोप भण्डारणमा

हेटौंडा खबर
१९ फाल्गुन २०७८, बिहीबार १६:४१

नेपालमा १२ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने अभियान जारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४  जना र १२ देखि १७ वर्षसम्मका ३४ लाख ५ हजार ४५५ जना खोप लगाउन लक्षित जनसंख्या  छ । त्यस्तै ५ देखि ११ वर्षसम्मका ४० लाख बालबालिका खोप लगाउने समूहमा पर्ने मन्त्रालयको आँकलन छ ।

यसरी  फागुन १८ गतेसम्म कुल ३ करोड ७२ लाख ६९ हजार ६६० डोज खोप लगाइएको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म कुल जनसंख्याको ७४ प्रतिशतले पहिलो डोज र  ६०.२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । खोप लिनेमा  १८ वर्षमाथिका १ करोड ८२ लाख ६३ हजार ३०३ जनाले पहिलो र १ करोड ५७ लाख ५९ हजार ७०४ जनाले दुवै डोज खोप लगाएका छन् । त्यस्तै १२ देखि १७ वर्षसम्मका ३० लाख ६५ हजार ९३८ जनाले पहिलो डोज र १६ लाख ७३ हजार २६२ जना छन् ।

स्वास्थ्यमन्त्री विरखेध खतिवडाले यही मार्चभित्रमा सो खोप ल्याइसक्ने बताएका छन् । अमेरिकाले नेपाललाई ९२ लाख डोज फाइजर खोप अनुदान सहयोग गर्ने जनाएको छ । यो खोप मार्च अन्तिमदेखि जुलाईभित्रमा आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले बताए ।

नेपालमा हालसम्म विभिन्न देशहरूको अनुदान सहयोग र खरिदको गरी ४ करोड ७८ लाख ८२ हजार ८०० डोज खोप नेपाल भित्रिएको छ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन सरकारले थप ८४ लाख डोज खोप ल्याउने तयारी गरिरहेको छ ।

टेकुमा २ देखि ८ डिग्री सेल्सियसम्मको कोभिड १९ विरुद्धको खोप भण्डारण गर्न ४१ हजार २५० लिटर क्षमताको कोल्डचेन छुट्याइएको छ । त्यस्तै माइनस ७० डिग्री सेल्सियससम्मको खोप एकपटकमा ३० लाख डोज राख्नसक्ने क्षमता छ ।

त्यस्तै चीन सरकारले नेपाललाई थप ४० लाख डाज साइनोभ्याक खोप दिने प्रतिवद्धता जनाएको छ । टेकु र देशभरका कोल्डचेन गरी अहिले ९५ लाख डोज खोप भण्डारणमा रहेको शाखाप्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । चीनले दिएको खोप तत्कालै थप खोप ल्याउनुपरेमा स्टोरेजमा समस्या हुनसक्ने अधिकृत थापा बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*