माओवादी बैठक २ घण्टा सर्‍यो

हेटौंडा खबर
२० फाल्गुन २०७८, शुक्रबार १२:२९

शुक्रवार दिउँसो ११ बजे बस्ने भनिएको बैठक १ बजेसम्म सारिएको हो ।

नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दुई घण्टाका लागि पर सारिएको छ । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन भएपछि माओवादीमा विवाद चुलिएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बस्ने बैठकका लागि केन्द्रीय सदस्यहरू उपस्थित भइसकेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरूसँगको आन्तरिक छलफलमा छन् । नारायणकाजी श्रेष्ठ समूहले एमसीसी पारित गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*