८ राजनीतिक दल एमसीसी अनुमोदन विरोधमा प्रदर्शन

हेटौंडा खबर
२० फाल्गुन २०७८, शुक्रबार १५:०७

नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।

संसद‍्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको र  उनीहरूले संसद‍्बाट अनुमोदन गरेको भन्‍दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।आमसभामा यो विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका छन् ।

काठमाडौंको माइतीघर, त्रिपुरेश्वरबाट सुरु भएको प्रदर्शनपछि खुल्लामञ्‍चमा आमसभा आयोजना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*