सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढ्यो

हेटौंडा खबर
२२ फाल्गुन २०७८, आईतवार १२:१७

आइतवार सुनको मूल्य १ लाख रुपैयाँ नाघेको छ ।

गत शुक्रवारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ  । शुक्रवार भने सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।अघिल्लो करोबार दिन अर्थात् शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।आइतवार भने प्रतितोला ३५ रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*