अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने

हेटौंडा खबर
२२ फाल्गुन २०७८, आईतवार १२:३२

हिजो शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो ।कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै गएको छ ।

कुनै पनि प्रकारको क्वरेटिनमा बस्नुपर्ने छैन । यात्रु विमानस्थलमा उत्रेर सिधै आफ्नो गन्तव्यमा जान सक्नेछन् ।

साथै मक्का र मदिनामा लागू गरिएको भौतिक दुरीको मापदण्ड पनि हटाइएको छ । तर मास्क लगाउन भने यी ठाउँमा अनिवार्य नै छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*