माओवादी केन्द्रीय कमिटी बैठक भोलि सम्म स्थगित

हेटौंडा खबर
२२ फाल्गुन २०७८, आईतवार १३:०५

आइतबार ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

तर, स्थायी कमिटी बैठक बस्नुपर्ने भएकाले भोलिसम्मका लागि केन्द्रीय कमिटी बैठक स्थगित भएको माओवादीका एक नेताले जानकारी दिए । अमेरिकी सहायता परियोजना एमसिसी संसदबाट पास भएसँगै माओवादीमा मतभेद सुरु भएको छ ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा पनि यसबारे नेताहरूले बोलेका थिए । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले यसअघि एमसिसी पास गरेर पार्टीले गलत काम गरेको भन्दै असन्तुष्टि राखेका थिए । उनले पारित भएको दिनलाई कालो दिन समेत घोषणा गरेका थिए ।

आजको बैठकमा पनि यसबारे थप छलफल हुने बताइएको थियो । तर, अन्तिम समयमा नेताहरुबीच पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्नेबारे पनि स्थायी कमिटीमा छलफल हुन लागेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*