हेटौंडाको ‘माछापोखरी’ कसरी भयो टिकटकमा भाइरल ?

हेटौंडा खबर
२२ फाल्गुन २०७८, आईतवार १९:०९

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र  हेटौडाले करिव ४ महिना अगाडी माछापोखरीको मर्मत गर्नका लागि पोखरीबाट पानि निकाल्ने काम गर्यो ।

४७.९ हेक्टर क्षेत्रफलमा फैलिएको हेटौंडा-५ पिप्ले नजिकको माछापोखरी बर्षौदेखि मर्मत नगरेकाले जिर्ण बन्दै गएपछि २० वटा पोखरीको पानि सुकाएर थप खाल्डो बनाउने र डिल/ढिस्को ठुलो पार्ने काम केन्द्रले अघि बढाएको हो  ।

हाल केहि पोखरी मर्मत भैसकेका छन् भने केहि मर्मत कै क्रममा छन् । मर्मतकै क्रममा रहेका पोखरी अचानक अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

पछिल्लो समय सबैको मनोरंजनको गतिलो साधन बनेको टिकटकमा अहिले पानि सुकाईएको उक्त पोखरी भाइरल बनेको हो । यहाँ टिकटक बनाउन र फोटो खिच्न सयौंको संख्यामा मानिसहरु आउन थालेका छन् ।

पोखरीको पानि सुकेकाले बीच-बीचमा धाजा फाटेको छ, जमीन चिरिएको छ । त्यसमाथि हरियो घास पलाएकाले पनि फोटो खिच्न र टिकटक बनाउन युवा युवती उक्त पोखरीमा आकर्षित भएका छन्  ।

अहिले उक्त खालि पोखरीमा सयौंको संख्यामा मानिसको भिड लाग्ने गरेको छ । सबै आ-आफ्नै तालमा नाच्दै रमाइरहेको देखिन्छन् ।

मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र  हेटौडाका प्रमुख सरोज यादवका अनुसार यहाँ ३७ वटा माछापोखरी छन् । जसमा २० वटा पोखरी मर्मत गर्न लागिएको हो । उनका अनुसार अव २ वटा पोखरी मर्मत गर्न बाकि छ जुन अहिले भाइरल भएको छ ।

पोखरीको माटो निकाल्न डोजरको प्रयोग गर्दा भासिने डर भएकाले केहि दिन सुख्खा रहन उक्त पोखरीलाई त्यसै छोडेको उनले हेटौंडाखबरलाई बताए । बैसाखसम्ममा सबै मर्मत सकेर माछाका भुरा हाल्ने तयारि रहेको उनले बताएका छन् ।

अहिले माछापोखरी वरिपरी तारवार लगाउने, जो कोहि पस्न नमिल्ने गरि गेट बनाउने, डिल/ढिस्को ठुलो बनाएर माछाका लागि घास उत्पादन गर्ने लगायतको काम भैरहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र  हेटौडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*