माओवादी केन्द्रमा चुनाव पछि मात्र महासचिवको टुंगो

हेटौंडा खबर
२३ फाल्गुन २०७८, सोमबार १३:५२

नेकपा माओवादी केन्द्रमा महाधिवेशन सम्पन्न भएको तीन महिना व्यतित हुन लाग्दा पनि अध्यक्षबाहेक अन्य पदको चयन हुन सकेको छैन । अधिकांश प्रभावशाली नेताले महासचिव नै ताकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ । त्यसैले बीचको बाटो निकाल्दै उहाँले पदाधिकारी सबै आगामी चुनावपछि चयन गर्ने सम्भावना बढेको हो ।

‘अध्यक्षले तत्काल महासचिव र अन्य पदाधिकारी चयन गर्नुहोला जस्तो लाग्दैन,” दाहाल निकट एक जना केन्द्रीय सदस्यले बताए । चुनावपछि पदाधिकारीहरु चयन हुने सम्भावना बढेको उहाँको अाँकलन गछ । विशेषगरी महासचिवमा विवाद चर्को देखिएपछि अरु पदमा समेत चयन गर्न हम्मेहम्मे परेको हो ।

उनै केन्द्रीय सदस्यले भने, ‘वर्षमानलाई बनाए जनार्दन ठुस्किने, रजनार्दनलाई बनाए गिरिराजमणि र देव गुरुङहरु रिसाउने अवस्था छ । त्यसैले कसैलाई पनि ठुस्कन नदिने गरी अध्यक्षले चुनावसम्म सबैलाई घुँडा धसेर काममा खटाउने योजना बनाउनुभएको जस्तो लाग्छ । चुनावमा जसले राम्रो परिणाम ल्याउँछ,त्यसपछि चयन गर्ने सम्भावना अधिक छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*