नेपालमा हरेक वर्ष ३ हजार मृगौला रोगका बिरामी थपिँदै

हेटौंडा खबर
२३ फाल्गुन २०७८, सोमबार १५:२७

नेपालमा हरेक वर्ष करिब ३ हजार मृगौला सम्बन्धी रोगका बिरामी थपिँदै गएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रकी डा. कल्पना श्रेष्ठले भनिन्, ‘नेपालमा मृगौला सम्बन्धी रोगका बिरामीको संख्या वृद्धि हुँदै गएको छ ।’ केही वर्ष अगाडिसम्म १ हजार २ सयको हाराहारीमा रहेका मृगौला रोगीहरुको संख्यामा वृद्धि भएर अहिले ५ हजार ५ सयको हाराहारीमा रहेको डा.श्रेष्ठको भनाई छ ।

उच्च रक्तचाप र मधुमेहका रोगीको संख्यामा वृद्धि भएसँगै मृगौलाका रोगीको पनि वृद्धि भएको उनले बताइन् । सरकारले राजधानीमा २७ र देशभर ७३ स्थानमा निःशुल्क डायलासिस गर्ने व्यवस्था गरेपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा सोचेजस्तो सेवा प्रवाह हुन सकिरहेको छैन ।
डायलासिस गर्ने एउटा मेसिनको आयु न्यूनतम ८ हजार घण्टा भए पनि नेपालमा १२ हजार घण्टासम्म चल्ने गरेका छन् ।

केन्द्रमा हाल ३५ वटा यस्ता मेशिन चालू रहेका छन् । ‘प्राविधिक समस्या आएन भने हामी ४०वटासम्म मेशिन दैनिक २४ घण्टा चलाउन सक्छौं,’ डा.कल्पनाले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*