रेखा थापालाइ जथाभावी गालीगलौज गर्ने वाइबा पक्राउ

हेटौंडा खबर
२३ फाल्गुन २०७८, सोमबार १५:४८

अभिनेत्री रेखा थापा, ऋचा शर्मालगायतअभिनेत्री रेखा थापा जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई सोमबार पक्राउ गरेको हो । सामाजिक अभियन्ता भन्न रुचाउने वाइबालाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।

वाइबामाथि अभिनेत्री थापाकी दिदी तारा थापाले गत शुक्रबार साइबर व्युरोमा निवेदन दिएकी थिइन् । अभिनेत्री थापा, शर्मालगायत नायिकाले पल शाह प्रकरणबारे मुख खोल्दा नाबालिक पीडितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले जथाभावी गालीगलौज गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*