महिलाहरुले संचालन गर्ने उद्योगहरुमा कर छुट हुने

हेटौंडा खबर
२३ फाल्गुन २०७८, सोमबार १६:२३

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले संचालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

११२ औं अन्तरष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउनका लागि पनि उनीहरुले संचालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताएकी हुन् ।

त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका सम्बन्धित मन्त्रालयहरुसँग आवश्यक लविङ गर्ने कामलाई आफूले सुरु गर्ने उनको कार्ययोजना थियो । त्यस अवसरमा मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन् ।

स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्दो रहेछ भन्ने कुरा मन्त्री भएपछि आफूले थाहा पाएको उल्लेख गर्दै उनले तत्काल त्यसलाई हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको स्पष्ट पारिन् ।

मन्त्री रेग्मीले भनिन्, ‘महिलाहरुले सुरु गरेका उद्योगहरुमा छुटको व्यवस्था गर्नुपर्छ । त्यसमा मैले अहिले सेनिटरी प्याडकै उदाहरण दिने हो भने देशमै उत्पादन गर्ने प्याडमा पनि कर लाग्दो रहेछ । राजस्व लाग्दो रहेछ । त्यसकारणले म आउने वित्तिकै मन्त्रालयबाट त्यसमा छलफल गरेर पत्र खेलेर राजस्वमा पठाई सकेका छौं । त्यसका लागि आवश्यक कच्चा पदार्थ र मेसिन जस्ता बस्तुहरुमा कर लाग्नु हुन्न भनेर त्यो प्रक्रियामा हामी गएका छौं । र, अरु कुराहरुमा पनि महिलाहरुलाई उत्साह दिनका लागि, हौसला दिनका लागि महिलाहरुले गर्ने जुन उद्यमशीलता छ, उद्योग छ । त्यसमा चाँही यति प्रतिशत छुटको व्यवस्था गर्नुपर्छ । त्यो गर्ने भनेको बजेट भाषणमा हो । र, त्यसको लागि म महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री हुँ ।

यसमा तपाइको मत

Your email address will not be published.


*