देशभर थप ८८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

हेटौंडा खबर
२३ फाल्गुन २०७८, सोमबार १६:३८

‍पछिल्लो २४ घण्टामा देशभर थप ८८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ८८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

८ हजार ६३८ जनाकाे काेराेना परीक्षण गरिएकाे थियाे । जसमध्ये ६ हजार १४५ पिसिआर परीक्षणमा ६६ जना र दुई हजार ४९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यस्तै, ३७६ जना काेराेनामुक्त हुँदा हाल देशैभर सक्रिय संक्रमितकाे संख्या ६ हजार १५० रहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*