चुच्चे नक्सा समेटिएको १ रुपैयाँका नयाँ सिक्का ल्याइँदै

हेटौंडा खबर
२४ फाल्गुन २०७८, मंगलवार १३:०८

नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ ।

सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ ।

सिक्काको पछाडिको भागमा सगरमाथाको चित्र अंकित गरिएको छ । त्यसकै मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सगरमाथा चित्रको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्यको साना आकृति दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*