एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

हेटौंडा खबर
२४ फाल्गुन २०७८, मंगलवार १३:५६

एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

यो योजनासँगै एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कलदरमा कल गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू उपलब्ध छन् । यही फागुन ९ गतेदेखि सञ्चालनमा आएको अफरअन्तर्गत ग्राहकले करसहित १४ देखि ३८५ रुपैयाँसम्म शुल्क पर्ने विभिन्न एक दिन, तीन दिन, सात दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याक लिन सक्नेछन् । यी भ्वाइस प्याकहरूमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दरबिना भ्वाइस सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

एक दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टकटाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् भने तीन दिन समयसीमा रहेको ६५ टकटाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्ने जनाइएको छ । त्यसैगरी, ९४ रुपैयाँमा सात दिन समयसीमा रहेको १५० मिनेट टकटाइम खरिद गर्न सकिन्छ ।प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गरी आवश्यकताअनुसारको भ्वाइस प्याक छनोट गरी सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

धेरै समयसीमासहितको धेरै मिनेटको टकटाइम चाहिनेले १४ दिनको समयसीमा रहेको २२५ मिनेट टकटाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् । यसका साथै २८ दिन समयसीमा रहेको दुईवटा अन्य प्याकहरू पनि रहेको जनाइएको छ । जसअन्तर्गत २६५ रुपैयाँमा ४७५ मिनेट टकटाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टकटाइम रहेको भ्वाइस प्याक किन्न सकिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*