एमसीसी पारित गर्नुको कारणबारे माधव नेपालले प्रतिवेदन पेश गर्ने

हेटौंडा खबर
२४ फाल्गुन २०७८, मंगलवार १४:१०

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तार, पार्टी तथा जनवर्गीय संगठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ । उक्त बैठकमा छलफल गरिने केही महत्त्वपूर्ण विषयमा सोमवार बसेको पोलिटब्यूरो बैठकले टुंगो लगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*