श्रीलंका नेभीविरुद्ध १९६ रनमै समेटियो नेपाल

हेटौंडा खबर
२४ फाल्गुन २०७८, मंगलवार १४:२३

श्रीलंका भ्रमणअन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंका नेभी स्पोर्टस् क्लबसमक्ष १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनमा समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २८ र विवेक यादवले २६ रन बनाउँदा कप्तान सन्दीप लामिछाने १४ रनमा अविजित रहे । पहिलो खेलमा १११ रनको जित हात पारेको नेपाल आज पनि त्यसलाई निरन्तरता दिने सोचमा छ  श्रीलंका नेभी पनि हारको बदला लिने प्रयासमा हुनेछ ।

युएईमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत आयोजक युएई र पपुवा न्यूगिनी सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले अभ्यासको लागि श्रीलंका भ्रमण गरिरहेको हो । यसपछि नेपालले १० मार्चमा श्रीलंका पुलिस र ११ मार्चमा प्रथम श्रेणीका खेलाडी सम्मिलित कोलम्बो ११ सँग खेल्नेछ । नेपाली टोली १४ मार्चमा युएई प्रस्थान गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*