महिला दिवसको अवशरमा सांग्रिला बुक्स र बुद्ध एयरको तर्फबाट २५ सय यात्रुलाई पुस्तक उपहार

हेटौंडा खबर
२४ फाल्गुन २०७८, मंगलवार १५:२४

विश्वव्यापी मनाईरहिएको ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सांग्रिला बुक्स र बुद्ध एयरको सहकार्यमा काठमाडौंबाट बुद्ध एयरबाट यात्रा गर्ने पहिलो २५०० यात्रुलाई पुस्तक उपहार दिइएको छ ।

सांग्रिला बुक्सले प्रकाशन गरेका १३ महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक बिषयका आख्यान तथा गैरआख्यानका पुस्तक निशुल्क वितरण गरिएको हो ।

पहिलो पुस्तक धनगढी हिँडेकी कृष्णा ओझाले पाएकी थिइन् । बुद्ध एयरसँगको यस सहकार्यबाट नारी श्रष्टाका कृतिहरुले व्यापकता पाउने र पठन सँस्कृतिलाई पनि सघाउ पुग्ने विश्वास सांग्रिला बुक्सले लिएको छ ।

यात्रुहरुले पुस्तक पाउँदा खुशी लागेको बताउँदै यस्तो प्रयासले नेपाली साहित्यमा टेवा पुग्ने प्रतिक्रिया दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*