अभिनेता पल शाहलाई पूर्वी नवलपरासी पुर्‍याइयो

हेटौंडा खबर
२४ फाल्गुन २०७८, मंगलवार १६:०४

जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ ।

मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी नवलपरासीमा पनि उजुरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले किशोरीको उजुरीबारे अनुसन्धानका लागि शाहलाई गैंडाकोट पुर्‍याइएको जानकारी दिए । ​शाहविरुद्ध गत फागुन १६ गते  किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*