हेटौंडाको माछापोखरीमा टिकटक बनाउनेको भिडले काम गर्न समस्या

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार ०९:११

मर्मत भईरहेको हेटौंडा उपमहानगरपालिका-५ मा रहेको माछापोखरीमा टिकटक बनाउनेको भिड लाग्न थालेपछि मर्मत कार्यमै समस्या भएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र  हेटौडाले करिव ४ महिना अगाडी माछापोखरीको मर्मत गर्नका लागि पोखरीबाट पानि निकाल्ने काम गरेको थियो । माटो निकाल्न पोखरी सुकाएर छोडिएको थियो । उक्त पोखरीमा जमिन चिरिएको र हरियो घास पलाएपछी यहाँ फोटो खिच्ने र टिकटक भिडियो बनाउनेको भिड लाग्न थालेको हो ।

भीड बढ्दै गएपछि अहिले काम गर्न समेत समस्या उत्पन्न भएको छ । पोखरी थप खाल्डो बनाउने र डिल/ढिस्को ठुलो पार्ने काम भईरहेको केन्द्रले जनाएको छ । माटो निकाल्न डोजरको प्रयोग भैरहेको छ तर फोटो र भिडियो बनाउनेको भिडले पोखरी मर्मतको काममा नै असर पुर्याएको छ ।

मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र  हेटौडाका प्रमुख सरोज यादवका अनुसार यहाँ ३७ वटा माछापोखरी छन् । जसमा २० वटा पोखरी मर्मत गर्न लागिएको हो । उनका अनुसार अव २ वटा पोखरी मर्मत गर्न बाकि छ जुन अहिले भाइरल भएको छ ।

पोखरीको माटो निकाल्न डोजरको प्रयोग गर्दा भासिने डर भएकाले केहि दिन सुख्खा रहन उक्त पोखरीलाई त्यसै छोडेको उनले हेटौंडाखबरलाई बताए । बैसाखसम्ममा सबै मर्मत सकेर माछाका भुरा हाल्ने तयारि रहेको उनले बताएका छन् ।

अहिले माछापोखरी वरिपरी तारवार लगाउने, जो कोहि पस्न नमिल्ने गरि गेट बनाउने, डिल/ढिस्को ठुलो बनाएर माछाका लागि घास उत्पादन गर्ने लगायतको काम भैरहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र  हेटौडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*